आईएमई जनरल इन्स्योरेन्सले एक लाख कित्ता शेयर लिलामीमा, कति छ बजारमूल्य?

Mar 06, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI) ले हकप्रदमा अवितरित शेयर फागुन २२ गते (आज) देखि लिलामी बिक्रीमा ल्याएको छ। इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएकाे एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी बढाबढमा बिक्री खुला गरेको हो।

इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो। जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको थियो। सोही शेयर अहिले लिलामी मार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले रितपुर्वक आवेदन गर्ने २ हजार ८४२ जना शेयरधनीहरुलार्य ४२ लाख १७ हजार ६३६ कित्ता शेयर बाडँफाँड गरिएको थियो ।

लिलामी शेयरमा ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट फागुन ३० गते बिहीबारसम्म लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र भर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर  पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा फागनु २१ गते मंगलबार प्रतिकित्ता ३९६ रूपैयाँमा कारोबार भएको छ। लिलामी शेयरमा बाेलपत्र पेश गर्दा दोस्रो बजारमा कम्पनीको शेयर कति मूल्यमा खरिद भैरहेको छ सोही अनुरुपकाे मूल्य कबाेल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ। ताकि कटअफ मूल्य हाराहरीमा नै शेयर प्राप्त गर्न सकियाेस्।

हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ। हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ पूँजी वृद्धि गर्नेपर्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २०.८४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।