मेरो माइक्रोफाइनान्सको लिलामी शेयरको बोलपत्र सोमबार खुला हुँदै

Jun 03, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) को लिलामी शेयरको बोलपत्र सोमबार खुला हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले अपरान्ह ३ बजे क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर, जमलमा बोलपत्र खुला हुने जनाएको छ।

लघुवित्तले जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो। सो हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा बिक्री नभएको सो परिमाणमा शेयर लिलामीमा आएको हो।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ। जेठ १९ गते आइतबार लघुवित्तको शेयरमूल्य धितोपत्रको दोस्रो बजार प्रतिकित्ता ५९० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।