बेष्ट फाइनान्सको बोलपत्र पुस १९ गते खुला हुने

Jan 02, 2018 Merolagani

बेष्ट फाइनान्स कम्पनी (BEST) ले पुस ४ गतेदेखि १२ गतेसम्म लिलामी गरेको दुई लाख ९० हजार २३६ कित्ता सेयरको बोलपत्र पुस १९ गते खुला हुने भएको छ । 

फाइनान्सको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले पुस १९ गते दिउँसो ३:३० बजे क्यापिटलको कार्यालय जमलमा बोलपत्र खुला गरिने जनाएको छ । 

फाइनान्स कम्पनीले भदौ २७ गतेदेखि कात्तिक १७ गतेसम्म हकप्रद विक्री गरेकोमा अवितरित एक लाख ८३ हजार १९६ कित्ता साधारण तथा एक लाख सात हजार ४० कित्ता संथापक समूहको सेयर लिलाम बढाबढमा विक्री खुलाएको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।