Thu, Apr 25, 2024
स्पर्श लघुवित्त (SPARSHA) को आईपिओमा शेयर लगानीकर्ताको ओइरो नै लागेको छ। लघुवित्तको आईपिओमा दोस्रो दिनसम्ममा १८.३२ गुणा बढी आवेदन परेको छ। अत्याधिक माग पर्दा लघुवित्तको आईपिओ पाउने सम्भावना समेत घट्ने भएको छ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार ५ बजे सम्ममा ४६ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको ४६ लाख १६ हजार ८६० कित्ता शेयर माग भएको छ । लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो। लघुवित्तको आइपिओमा आवेदन गर्ने आवेदकको संख्या एक लाख ६९ हजार ११ पुगेको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको शेयर २५ हजार २०० जनाले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गर्नेछन् भने बाँकी आवेदनको हात खाली रहनेछ। दुइ दिनकाे तथ्याङ्कमा नै करिब १५ प्रतिशत आवेदकले मात्र शेयर पाउने देखिएकाे छ। यसअनुसार आईपिओमा आवेदन गर्ने ७ प्रतिशतभन्दा कम आवेदकले मात्र शेयर पाउने देखिन्छ। स्पर्शले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएको छ । आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था कम्पनीले रहेको छ। लघुवित्तको आईपिओ फागुन २९ गते बुधबार बन्द हुनेछ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा छ। आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ। स्पर्श लघुवित्तको आईपिओमा पहिलो दिनमै पर्यो ८.३३ गुणा आवेदन स्पर्श लघुवित्तको आईपिओमा आवेदन खुल्यो, फागुन २९ गतेसम्म भर्न सकिने आइतबारदेखि आईपिओ जारी गर्न लागेको स्पर्श लघुवित्त कस्तो कम्पनी हाे ?
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार ५ बजे सम्ममा ४६ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको ४६ लाख १६ हजार ८६० कित्ता शेयर माग भएको छ । लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो।
लघुवित्तको आइपिओमा आवेदन गर्ने आवेदकको संख्या एक लाख ६९ हजार ११ पुगेको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको शेयर २५ हजार २०० जनाले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गर्नेछन् भने बाँकी आवेदनको हात खाली रहनेछ। दुइ दिनकाे तथ्याङ्कमा नै करिब १५ प्रतिशत आवेदकले मात्र शेयर पाउने देखिएकाे छ। यसअनुसार आईपिओमा आवेदन गर्ने ७ प्रतिशतभन्दा कम आवेदकले मात्र शेयर पाउने देखिन्छ।
स्पर्शले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएको छ ।
आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था कम्पनीले रहेको छ। लघुवित्तको आईपिओ फागुन २९ गते बुधबार बन्द हुनेछ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा छ।
आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ।
कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक हुन्।