गैर सञ्चालन आम्दानी नहुँदा कामना सेवाको नाफा संकुचन

Nov 01, 2021 10:47 AM Merolagani

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १७ करोड ५७ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र उल्लेख्य रुपमा सञ्चालन आम्दानी बढेतापनि बैंकले गैर सञ्चालन आम्दानी गर्न नसक्दा बैंकको नाफामा संकुचन आएको हो। गत आर्थिक वर्षको यसै अवभिमा बैंकको गैर सञ्चालन आम्दानी २० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९५.६७ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २७.६८ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ६३ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १५.८६ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.७३ प्रतिशत घटेको छ भने कर्जा ७.३० प्रतिशतले मात्र बढेको छ।

चालु आर्थिक वर्षको वित्तयि विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात २५.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा रहेको छ।

comments powered by Disqus