इम्पेरमेन्ट चार्ज घटेपछि कामना सेवाको नाफा र ईपीएस दुबै उल्लेख्य बढ्यो

Oct 20, 2023 06:48 AM Merolagani

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेपछि बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशत र कुल सञ्चालन आम्दानी १.१७ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६२.८८ प्रतिशत घटेको छ। जसका कारण सञ्चालन मुनाफा २०३.३३ प्रतिशत बढ्न पुगेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ १४ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ५० पैसा बढेर १४ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पूँजीमा कुनै परिर्वतन भएको छ। सो अवधिमा बैंकको जगेडा कोष ६.२० प्रतिशत बढेको छ भने निक्षेप २.५५ प्रतिशत बढेको छ। तर, बैंकको कर्जा तथा सापटी भने ०.७७ प्रतिशत घटेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।