मुक्तिनाथ विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो

Nov 01, 2021 12:04 PM Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड(MNBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै नेट फि कमिसन उल्लेख्य बढ्दा बैंकको नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.४८ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६१.०६ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १६.०२ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ११.८१ प्रतिशतले बढेको छ भने कर्जा १६.६६ प्रतिशतले मात्र बढेको छ।

चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात २४.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।