एशियन लाइफको खुद बीमाशुल्क र नाफा दुबैमा सामान्य सुधार

Nov 16, 2021 02:43 PM Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८.५० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यबाट ५० करोड ८८ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट ५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि २.३९ प्रतिशतले बढेर ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत अर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९८ करोड ५९ लाख रुपैयाँ, जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ४ लाख रुपैयाँ संचित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ३ पैसा र मुल्य आम्दानी अनुपात ६१.३४ गुणा रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस्तै ८ हजार ६० वटा दाबी बापत ३ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १८२ वटा दाबी बापत ६ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus