यस कारण उल्लेख्य बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा

Nov 15, 2022 05:53 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशत बढी हो।

इन्स्योरेन्सको आम्दानी बढेसँगै नोक्सानीको लागि व्यवस्था घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७१ लाख रुपैयाँ मात्र यस्तो व्यवस्था गरेको छ। जसले गर्दा खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १.९७ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २.२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल बीमाशुल्क १.४३ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्ता नी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष १२९.०४ प्रतिशत बढेका छ। त्यसैगरी, जीवन बीमा कोष १९.६४ प्रतिशत बढेको छ भने महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।