मौद्रिक नीतिको समीक्षा पछि पनि बढेन नेप्से, कारोबार रकम पनि घट्यो

Nov 28, 2022 03:22 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापश्चात बढ्ने अपेक्षा गरिएको बजार त्यसको विपरित यस दिन घट्न पुग्यो।

समीक्षाले बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेड दर घटाएको छ। यसले कर्जाको ब्याजदर घट्ने देखिन्छ। यसका साथै केन्द्रिय बैंकले सिडि रेशियोमा पनि लचकता अपनाउने संकेत दिएको छ। यस अनुसार लगानीकर्ताहरुले आजको बजार बढ्ने अपेक्षा गरेका थिए। तर, यस दिन भने बजार नकारात्मक भएर बन्द भयो। यस दिनको बजार घटाईलाई लगानीकर्ताहरुले करेक्सनको रुपमा लिएका छन्।

सोमबार नेप्से परिसूचक १५.६१ अंक घटेर १९५०.३७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन २३६ स्टकको २४ हजार ९५१ पटकको कारोबारमा १ अर्ब ४९ लाख ४३ हजार रुपैयाँ बराबरको ३७ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशत बढेको छ। त्यसैगरी, गरिमा विकास बैंकको ऋणपत्र र नेपाल ल्यूब आयलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिनर्जी पावर र ओरियन्टल होटलको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।