त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ।
नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३४ स्टकको १८ हजार ३६ पटकको कारोबारमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको २५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया सेलेक्ट फण्ड ३०, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र खप्तड लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ४.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर खरिबबिक्री भएको छ।
मंगलबार १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।