ज्योति लाईफ र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बीच सेवा सम्झौता

Mar 31, 2019 Merolagani



ज्योति लाईफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी तिनकुने, काठमाण्डौसँग होटल तथा रेष्टुरेण्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ।

सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका १३ भन्दा बढी होटल, रिसोर्ट, कफी हाउस, बेकरी एण्ड क्याफेमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्नेछन् । 

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे।

यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।