अर्थमन्त्रीमा विष्णु पौडेल कि बर्षमान पुन ?

Mar 04, 2024 12:02 PM Merolagani



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सहितको गठबन्धन तोडेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल वा बर्षमान पुन मध्ये एक आउने चर्चा चलेको छ ।

सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि अर्थमन्त्रीमा पुन र पौडेल मध्ये एक जनालाई बनाउने तयारी भएको छ ।

काँग्रेसलाई सरकारबाट हटाएर एमालेसँग नयाँ गठबन्धन बनाई सानो आकारको मन्त्रिमण्डल पुनर्गठन हुँदै छ । पहिलो चरणमा पदम गिरिलाई सरकारमा पठाउने एमालेले निर्णय गरेको छ ।

नयाँ सरकारको अर्थमन्त्रीमा एमालेबाट उपाध्यक्ष पौडेल भए पुन गृहमन्त्री बन्नेछन् ।  

पौडेल यसअघि गत पुसमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै सरकारका अर्थमन्त्री बनेका थिए । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अर्थमन्त्रीमा पुन र विष्णु पौडेल मध्ये कसलाई पठाउने टुङ्गिन बाँकी छ ।

प्रधानमन्त्री प्रचण्ड जसरी भएपनि अर्थमन्त्रीमा पुनलाई ल्याउने पक्षमा छन् किनकी यसअघि अर्थमन्त्री प्रकाशशरण महत हुँदा उनले भने अनुसार काम गर्न पाएका थिएनन् । 

यता एमाले भने पाैडेललाई अर्थमन्त्री बनाउने निर्णय गरिसकेकाे छ ।

आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्न र भावी कार्ययोजना बारे छलफल गर्न एमाले सहितका चार दल प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । 

केहि समयदेखि अर्थमन्त्री महतको कारण प्रधानमन्त्री प्रचण्ड बिच्किदै आएका थिए भने  राष्ट्रिय सभाका अध्यक्षमा पनि काँग्रेस र माओवादी बीच सहमति हुन सकेको थिएन । 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।