वर्षमान पुन अर्थमन्त्री हुँदा यस्तो थियो नेप्से ग्राफ, नियुक्ति हुँदा देखि घटेको बजार बाहिरिने बेलामा कस्तो थियो ?

Mar 04, 2024 12:51 PM merolagani



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सहितको गठबन्धन तोडेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल वा वर्षमान पुन मध्ये एक आउने चर्चा चलेको छ।

प्रधानमन्त्री प्रचण्ड जसरी भएपनि अर्थमन्त्रीमा पुनलाई ल्याउने पक्षमा छन्। किनकि यसअघि अर्थमन्त्री प्रकाशशरण महत हुँदा उनले भने अनुसार काम गर्न पाएका थिएनन्। यता एमाले भने पौडेललाई अर्थमन्त्री बनाउने निर्णय गरिसकेको छ।

 अर्थमन्त्री को हुने भन्ने विषयले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्छ। माओवादीका तर्फबाट पुन अर्थमन्त्री भए शेयर बजारले सोमबारझैँ गति लिनेमा संङ्का गर्न सकिन्छ। उता पौडेले अर्थमन्त्री भए बजारले उकालै लयलाई निरन्तरता दिने सम्भावनालाई नकार्न सकिँदैन।

खासगरि शेयर बजारले माओवादी अर्थमन्त्रीलाई रुचाएको खासै ठूलो इतिहास छैन। काँग्रेस वा एमाले अर्थमन्त्री हुँदा शेयर बजार गुलजार भएको इतिहास छन्। यस अघि वर्षमान पुन अर्थमन्त्री हुँदा सुरुवाती दिनमा शेयर बजार घटेको थियो भने उनी बाहिरिँदै गर्दा भने बजार थोरै बढेको थियो। यस अघि वर्षमान पुन २०६८ भदौ १८ गते अर्थमन्त्री भएका थिए। उनी अर्थमन्त्री हुँदा शेयर कारोबार मापक सूचक ३३९.२६ अंकमा थियो। उनी नियुक्त भएको भोलिपल्टै देखि घट्न थालेको बजार २९८.६९ अंक सम्म झरेको थियो। उनी नियुक्त भए देखि बजार लगातार ८ महिनासम्म बढ्न सकेको थिएन। ८ महिनापछि भने सूचकले बढ्दो लय समाएको थियो। उनको कार्यकालको सुरुवाती दिनदेखि बाहिरिँदाको दिनसम्म गणना गर्ने हो भने उनको कार्यकालमा समग्र सूचक २०६.८८ अंक बढेको थियो। उनको कार्यकालमा सबैभन्दा बढी ५५५.९३ अंकसम्म उक्लिएको थियो। तर उनी बाहिरिँदा भने सूचक ५४६.१४ अंकमा झरेको थियो। पुन २०६९ चैत १ गते बाहिरिएका थिए।  




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।