बेलुकी ५ बजे तीन मन्त्रीहरूको शपथ गराइने, यी हुँदै छ्न् मन्त्री ?

Mar 04, 2024 01:12 PM Merolagani



सत्ता गठबन्धन परिवर्तन भएपछि साेमबार नै सानो मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलका तीन जनालाई आजै शपथको तयारी गरिएको छ । तीन जनालाई नै बिना विभागीय मन्त्रीको रुपमा शपथ गराइने भएकाे  हाे ।

आज बेलुकी ५ बजे नै तीन मन्त्रीहरूको शपथ गराइने भएकाे छ। प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले शीतल निवास पुगेर राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएकाे छ । रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्याल (डिपी)ले साेमबार नै मन्त्रीकाे शपथ लिने भएकाे हुन् । रास्वपाको तर्फबाट डिपीकाे नाम पहिलो चरणमा आजै शपथ खाने मन्त्रीहरूको सूचीमा समावेश गरिएकाे छ । 

नेकपा एमालेका तर्फबाट पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउने तयारी गरिएकाे छ । गिरी पुर्व स्वास्थ्यमन्त्री हुन् ।

यसैगरी, माओवादीका तर्फबाट हितबहादुर तामाङलाई पहिलाे चरणमा पठाइने भएकाे छ ।  नुवाकोट-१ बाट तामाङ सांसद निर्वाचित भएका थिए  ।

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।