नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
