सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM Merolagani



मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्यमा निरन्तरको गिरावट आइरहेकाे छ।

 



सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।