नेपालीहरुको दोस्रो महान पर्व तिहारको बिदापछि खुलेको नेपाली बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव आएको छ ।
तिहारको बिदाका कारण धेरै दिन सुनको मूल्य यथावत रहे पनि तिहार सकिएर शुक्रबार खुलेको बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको हो । शुक्रबार मात्र एकैदिन सुनको मूल्य १२ हजार ६०० रुपैयाँ घटेर रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत कात्तिक २१ गते शनिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा किनबेच भएकोमा एक हप्तापछि कात्तिक २७ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको हो ।
त्यस्तै, कात्तिक २२ गते आइतबार भने सुनको भूल्य स्थिर रह्यो । त्यसतै, कात्तिक २३ गते भने १ हजार ३०० रुपैयाँले घढेर सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, कात्तिक २४, २५ र २६ गते तिहारको सार्वजनिक बिदा परेकाले त्यस दिन सुनको मूल्य स्थिर नै रह्यो । तिहार बिदापछि खुलेको पहिलो दिन भने सुनको मूल्यमा उच्च गिरावट आएको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र तिहारमा मूल्य स्थिर भएकाले बिदा खुलेको पहिलो दिन सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘तिहार बिदाका कारण धेरै दिन मूल्य स्थिर रह्यो । अन्र्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य केही घटेकोलगायतका कारणले शुक्रबार घटेको हो,’ उनले मेरो लगानीसँग भने ।