सुन चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nov 02, 2026 10:55 AM Merolagani



कार्तिक १६ गते, सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । 

 

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन  प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको हो । यससँगै आज चाँदीको मूल्य प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलाको ३ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो।