सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीकाे मूल्य कति?

Nov 03, 2026 10:55 AM Merolagani



कार्तिक १७ गते, मंगलबार, नेपाली बजारमा सुन मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा किनबेच भएको थियो।