कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
कार्तिक १६ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभाले अनुमोदन भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन ।