स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने

Oct 14, 2026 10:23 AM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

असोज २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गरी गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।