आज पनि बढ्यो सुनको मूल्य, चाँदी भने सस्तियो

Nov 04, 2026 10:47 AM Merolagani



कार्तिक १८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा किनबेच भएको थियो।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।