धनतेरसको दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nov 06, 2026 10:48 AM Merolagani



कात्तिक २० गते, शुक्रबार, धनतेरसको दिन  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला ५ हजार ९०० रुपैयाँ र चाँदी तोलामा ११० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।