महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
