गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैको दाबी, कसले पाउला ?

Mar 04, 2024 02:44 PM Merolagani



गृह मन्त्रालयमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबैले दाबी गरेका छन् । अहिलेसम्म गृह मन्त्रालय कसलाई दिने भन्ने बिषयमा छलफल भइरहेको र निर्णय भइनसकेको बताइएको छ ।

एमाले र रास्वपा दुबैले गृह मन्त्रालय आफूले पाउने दाबी गर्दै आएका छन् । दुई दलबीच गृह मन्त्रालयको बिषयलाई लिएर रस्साकस्सी चलेको छ ।

संसदीय निर्वाचनपछि एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसैमा टेकेर लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन ।

यता एमालेले गृह मन्त्रालय आफ्नो पार्टीले लिन चाहिरहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।