गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैको दाबी, कसले पाउला ?

Mar 04, 2024 02:44 PM Merolagani



गृह मन्त्रालयमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबैले दाबी गरेका छन् । अहिलेसम्म गृह मन्त्रालय कसलाई दिने भन्ने बिषयमा छलफल भइरहेको र निर्णय भइनसकेको बताइएको छ ।

एमाले र रास्वपा दुबैले गृह मन्त्रालय आफूले पाउने दाबी गर्दै आएका छन् । दुई दलबीच गृह मन्त्रालयको बिषयलाई लिएर रस्साकस्सी चलेको छ ।

संसदीय निर्वाचनपछि एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसैमा टेकेर लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन ।

यता एमालेले गृह मन्त्रालय आफ्नो पार्टीले लिन चाहिरहेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।