कुनै पनि बेला लात्तीले हानेर निस्कन सक्छु : प्रधानमन्त्री प्रचण्ड

Mar 04, 2024 03:50 PM Merolagani



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे लात्तीले हानेर निस्कने बताएका छन् । प्रधानमन्त्रीले साेमबार एक कार्यक्रममा बाेल्दै  प्रतिक्रियावादीहरूको लागि आफू विश्वासनीय हुनु नपर्ने समेत तर्क गरेका छन्।

C6#सोमबार मात्रै गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले भने, "मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय मान्छे प्रतिक्रियावादीहरुले भन्ने गर्छन्। धेरै नै अविश्वसनीय। भन्न नसक्ने कति बेला कता फड्किन्छ। बुझ्नै नसकिने मान्छे भन्छन्, तर, म त्यस्तो होइन।"

उनले थपे, "म नेपालका श्रमिक जनता, नेपालका महान् योद्धा, घाइते अपाङ्ग र राष्ट्रप्रति इमानदार छु म। त्यसका लागि म निरन्तर कायम छु। तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने पनि कुनैपनि बेला लात्तीले हानेर निस्कन सक्छु। त्यसकारण उनीहरूको लागि विश्वासनिय हुन पनि परेको छैन। त्यसैले आजको दिन नयाँ क्रमभंगको दिन बन्न पुगेको छ। त्यसैले एकताबद्ध हुनुको विकल्प छैन।"




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।