अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM Merolagani

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।

रास्वपाले गृहमन्त्रालयलाई ‘बटमलाइन’ बनाएपछि त्यस्तो सहमती भएको हो । ओली गृहमन्त्रालाई रास्वपालाई दिन पहिलेदेखि तयार थिए । ओलीले अर्थमन्त्रालय भने आफ्नो पार्टीले पाउनु पर्ने अडानमा थिए । तर, प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्रालय आफ्नो पार्टीलाई दिन र त्यसको बदलामा अन्य पदहरुमा आफ्नो पार्टी लचिलो हुने बताएपछि ओलीले अर्थमन्त्रालयको अडान छोडेका हुन् । ओली र प्रचण्डपछि प्रधानमन्त्री दोस्रो वरियता रहने गरि विष्णु पौडेललाई उपप्रधान तथा रक्षामन्त्री बनाउन पनि सहमत भएको स्रोतको दावी छ । तर, वरियताक्रम तलमाथि भए पनि फरक नपर्ने तर आफूलाई अर्थमन्त्रालय नै चाहिने दावी गरिरहेका विष्णु पौडेलले भने अर्थमन्त्रालय नपाए मन्त्री नबने जानकारी शिर्ष नेताहरुलाई गराएका छन् । तर, प्रचण्ड र ओली भने पौडेललाई सहमत बनाउन सकिने विश्वासमा रहेको बताइएको छ । बर्तमान गठवन्धनका योजनाकार मानिएका पौडेललाई मन्त्री नबनाउँदा पछि समस्या पर्न सक्नेमा ओली र प्रचण्ड दुवै सहमत भएको बताइएको छ ।

कथंकदाचित पौडेलले अर्थमन्त्रालय वाहेक अरु मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएमा एमाले पृथ्वीसुब्बा गुरुङ्ग वा छविलाल विश्वकर्माको नेतृत्वमा सरकारमा सहभागि हुनेछ । त्यस्तै रास्वपाले पाएको गृहमन्त्रालयमा रवि लामिछाने नै मन्त्री बन्ने निश्चित छ भने माओवादीले पाउने अर्थमन्त्रालयमा पूर्व अर्थमन्त्री वर्षमान पुन नै अर्थमन्त्री बन्ने लगभग निश्चित छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।