सातामा करिब साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Mar 16, 2024 06:02 AM Merolagani

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेको छ। गत साता २०३०.५५ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४८ प्रतिशत अर्थात ५०.३२ अंक बढेर २०८०.८७ विन्दुमा पुगेको छ।

गत साता नयाँ अर्थमन्त्रीको नियुक्तिसँगै बढ्न थालेको बजारले यस साताको पहिलो दुई कारोबार दिन पनि निरन्तरता दिएको थियो। यद्यपि, बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस साताको अन्तिम दुई कारोबार दिन भने नेप्सेमा करेक्सन भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.६५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.५३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ९२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४८.११ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३८.८१ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ५४.९४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २.४८ प्रतिशत अर्थात ७९ अर्ब रुपैयाँ बढेर ३२ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४७९.७१ अंक बढेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक भने ०.८५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २५७०.५८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २१.९४ अंक घटेर २५४८.६४ विन्दुमा झरेको छ।

यस साता ५ कम्पनीको कुल ११ करोड ८० लाख ५६ हजार ५७०.६८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मुक्तिनाथ विकास बैंक, आरएसडिसी लघुवित्त, नेपाल एसबिआई बैंक र लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको हो।

यस साता विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ४६.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य करिब ३४ प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य साढे २८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १०.१५ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर, कालिका लघुवित्त, गुराँस लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाई सूचीको शीर्ष स्थानमा रहेका छन् भने सामलिङ्ग पावर कम्पनी, चन्द्रागिरी हिल्स, राष्ट्रिय बीमा कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।