काठमाडौँ महानगरपालिकाबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज

Mar 15, 2024 08:56 PM Merolagani

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज गरेको छ । उक्त रिट शुक्रबार न्यायाधीशहरू तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।

कवाडीका कारण शहर अव्यवस्थित भएकाे भन्दै काठमाडौँ महानगरले महानगर भित्र रहेका कवाडी हटाउने निर्णय गरेको थियो । तर उक्त  निर्णय विरुद्ध फागुन १३ गते ओम शिवाय कवाडी इन्टरनेशनले प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेकाे थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।