महरा पक्राउपछि माओवादी नेता लेखनाथ न्यौपानेले उठाएको प्रश्न प्रचण्ड कसरी चोख्खै?

Mar 18, 2024 06:25 PM Merolagani

पूर्वअर्थमन्त्री, सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परे । ३ वर्ष अघि सभामुख हुँदा जवर्जस्ती करणी अभियोगमा पक्राउ परेपछि उनी सभामुखबाट वर्खास्त भएका थिए ।

त्यतिबेला उनले आफ्नै कार्यकर्ता एक महिलालाई जर्वजस्ती गरेर भोलि पल्ट त्यो घटना विर्सन अनुरोध गर्दै पठाएको 'फर्गेट एस्टडे' भन्ने सन्देशले नेपाली राजनीतिमा एउटा मिथक नै बनाएको छ । पहिले केपी ओली प्रधानमन्त्री हुँदा पक्राउ परेका उनी अहिले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पक्राउ परेका छन् । माओवादी उपाध्यक्ष महरा पक्राउ प्रकरणलाई कतिपयले प्रचण्ड र गृहमन्त्री लामिछानेको ठूला माछा समात्ने घोषणाको कार्यान्वयन गरेको भन्दै प्रशंसा गरिरहेका छन् । तर, के साँच्चै महरा पक्राउ प्रकरण प्रचण्ड सरकारको, स्वंय प्रचण्डको वा माओवादीको भ्रष्टाचार विरोधी अभियानको अंग हो ? निश्चय पनि महरा पक्राउ पर्नु नेपालको भ्रष्टाचार र आर्थिक अनियमितता नियन्त्रणको लागि एउटा कडी हो । तर, अहिले सत्ता दाउपेचका कारण उनी पक्राउ परेपनि यथार्थमा प्रधानमन्त्री प्रचण्ड उनीमाथि कारवाही गर्ने पक्षमा थिएनन् र उनलाई जोगाउन हदैसम्म प्रयासरत थिए भन्ने स्पष्ट हुन्छ । यदि त्यस्तो हुँदैनथ्यो भने प्रचण्डले महरामाथि प्रश्न उठ्ने वित्तिकै छानविन गरेर कारवाही गर्ने थिए ।

सुन तस्करी प्रकरणमा महराको संलग्नता केही महिना अघि नै खुलेको हो, तर पनि प्रचण्डले महरामाथि कारवाही गरेनन् । अनेक ढंगले कारवाही प्रकृयालाई पर धकेल्ने, अरुलाई कारवाही गरेर महरालाई उम्काउन खोज्ने प्रयत्न गरिरहे । प्रधानमन्त्रीले घोषणा गरेझैं साँच्चै नै भ्रष्टाचार र आर्थिक घोटाला प्रति सून्य सहनशिलता अपनाएको भए महरालाई पार्टी उपाध्यक्षबाट हटाएर पहिले नै कारवाही गरिसक्थे । तर, संचारमाध्यमको निरन्तरको खबरदारीको कारण सुन प्रकरणमा महराको संलग्नता रहेको कुरा सेलाउन पाएन, बरु निरन्तररुपमा संचारमाध्यम र सर्वसाधारणले महरालगायतलाई लक्षित गर्दै ठूला माछालाई जोगाउन खोजेको भन्दै खबरदारी गरिरहे । त्यही खबरदारीको बीचमा सत्ता परिवर्तन भएपछि आफ्ना सबैभन्दा भरपर्दा सहयोगी महरामाथिको कारवाहीलाई प्रधानमन्त्री प्रचण्डले समेत रोक्न सकेनन्  । यो कुरालाई माओवादी केन्द्रिय नेताहरु नै खुलेआम स्वीकार गरेका छन् । महरा पक्राउ लगत्तै सोमबार दिउँसो माओवादी केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले माओवादीमा पद र पैसाको लागि मरिहत्ते गर्नेहरुको बोलवाला रहेको र त्यसलाई स्वंय प्रचण्डले संरक्षण गरिरहेको दावी गरेका छन् ।

फेसबुकमा न्यौपानेले लेखेका छन्-'विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस् चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जो जो पटक पटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झ्याङ्गिएको त्यहीँ छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र वलिदानबाट आएको माओवादी पनि उहीँ ड्याङको मूला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै  पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्ड विरोधी भनेर आरोप लगाउने गरिएको छ । जिल्लाहरु जान नदिने गरी अवरोध गर्ने र कुनै कार्यक्रममा जादा कसले बोलायो यसलाई ? भनेर आयोजकलाई झपार्ने गरेको सुनेको छु, जसले आफुलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् ?  दुःख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेत्तृत्व गरेपछि हुने यस्तै हो ।'

युवा नेता न्यौपानेले भनेझैं माओवादी पार्टी भित्र शासन चलाइरहेका ‘प्रचण्डका खास मान्छेहरु’ भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त छन् । स्वंय प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालमाथि सबैभन्दा प्रश्न उठिरहेको छ । पार्टी उपमहासचिव रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माका काण्डहरुको बारेमा त चर्चा गर्ने निकै लामो फेहरिस्त बन्छ । त्यस्तै अभियोगहरु लागेका माओवादीका खास गरि प्रचण्ड पक्षीय नेता कार्यकर्ताहरुको संख्या निकै लामो छ । तर, प्रचण्ड आफै तिनीहरुको संरक्षण गरिरहेका छन् । प्रचण्ड र हरेक पार्टीका मुख्य नेतृत्वले हदैसम्मको निर्मम नभएसम्म महरा वा अरु एक केही व्यक्तिहरु पक्राउ परे पनि आर्थिक र राजनीतिक क्षेत्रको वेथिति नियन्त्रण हुने संभावना देखिदैन

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।