१) महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी
२) जावा –फोर्र्टी टु (JAWA Forty-Two) मोटरसाइकल र
३) पाँच केभीए (5KVA)महिन्द्रा पावरोल जेनेरेटर
सोही महिन्द्रा ट्रयाक्टर उत्सव योजना अनुरुप चैत ६ , मंगलबार अग्नी ग्रुपले एक कार्यक्रम आयोजना गरी बम्पर लक्की ड्र मार्फत पुरस्कार विजेताको घोषणा गरेको छ।
उक्त कार्यक्रममा महिला राष्ट्रिय भलिबल खेलाडी-सशस्त्र प्रहरी बल, नेपालका सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दिपक कुमार, अग्नी ग्रुपका उप निर्देशक बरदान बस्नेतका साथै स्थानियको उपस्थितिमा चैत ६ गते विजेताहरुको नामावलि सार्वजनिक गरेको छ ।

३ विजेताहरुका नाम ‘लक्की ड्र’ एक कार्यक्रम मार्फत हाल सशस्त्र प्रहरी बलमा आबद्ध भएकी नेपालकी ख्याति प्राप्त अन्तरराष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरीले लक्की ड्र मार्फत छनौट गरेकी छिन् । जसमा वीरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, बिर्तामोड निवासी मिसेक फयाकले जावा –फोर्र्टी टु (JAWA Forty-Two) मोटरसाइकल, चरिकोटबाट देवकोटा निर्माण सेवा प्रा.लीले पाँच केभीए – (5KVA) महिन्द्रा पावरोल जेनेरेटर जितेका छन् । यसका साथै, ३ विजेताहरुलाई स्थानिय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।