अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.१८ अंक बढेर २०७२.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको १० लाख ५४ हजार १६१ रुपैयाँ १० पैसाबराबरको १ हजार ७६७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।