अझ भन्ने हो भने नेपाली बजारमा विद्युतीय र पेट्रोल इन्धनका माइक्रो बसबीच प्रतिस्पर्धा आक्रामक बनेको छ । नयाँ बिद्युतीय माइक्रो कारका कारण इन्धनबाट चल्ने माइक्रोहरुको आयु घट्दै गएको वितरकहरु बताउदै आएका छन ।
हाल नेपाली बजारमा फोर्स, फोटोन, निशान, टोयोटाका इन्धनबाट चल्ने भ्यान तथा माइक्रो नेपाली बजारमा उपलब्ध छन ।
विद्युतीय माइक्रोको आक्रामक विस्तारका कारण इन्धनका माइक्रो बेच्ने व्यवसायी नयाँ ढङ्गबाट सोच्न बाध्य भएका छन । हाल नेपालमा आधा दर्जन ब्रान्डको उपस्थिति भइसकेको छ।
गत भदौमा आयोजित नाडा अटोशोमा ६ वटा कमर्सियल ब्रान्डले भ्यान तथा पिकअप राखिएका थिए ।
अहिले नेपाली बजारम केवाइसी, किङलङ, ज्याक, एसआरएमले माइक्रो तथा पिकअप चल्दै आएका छन ।
केवाइसी र किङलङका
नाडा अटो शोमा चौधरी ग्रुपले केवाइसी र किङलङका विद्युतीय भ्यान प्रदर्शनीमा राखेको थियाे ।
सीजी मोसर्टले विद्युतीय गाडीका ६० किलोवाट मोटर्सको र ४१.८६ किलोवाट आवर ब्याट्री रहेका छन । ११ सिटे गाडीको अधिकतम माइलेज ३०० किमी, गति १०० र ग्राउन्ड क्लियरेन्स १८० रहेको सीजीले जनाएको छ।
चिनियाँ ब्रान्ड किङलङकाे पनि सिजीले बिक्री गर्दै आएको छ । किङलङका १४ सिटे माइक्रो रहेका छन्। एक पटकको चार्जमा ३०० किमीसम्म गुड्छन्।
विशाल ग्रुपको एसआरएम विद्युतीय माइक्रो
नाडा अटो शोमा विशाल ग्रुपले विद्युतीय भ्यान शोकेश गरेको थियो । विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सनले नयाँ ११ सिटर इलेक्ट्रिक माइक्रोबस बिक्री गर्दै आएको छ । एसआरएमको एक्स ३० एल इभी अहिले लोकप्रिय जस्तै छ ।
उक्त भ्यानले एक पटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ। ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ। सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्री रहेको गाडीको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ।
गाडीको मोटरले २२० एनएम टर्क जेनेरेट गर्दछ। अधिकतम स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेकोमा ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ।
५ वर्ष वा २ लाख किलोमिटर गुड्दासम्म ब्याट्रीमा वारेन्टी उपलब्ध हुने छ। सो इलेक्ट्रिक भ्यानको ४४ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ।
एमएडब्लु ग्रुपको फोटोन
एमएडब्लु ग्रुपले चिनियाँ ब्रान्ड फोटनका कमर्सियल माइक्रो बिक्री गर्दै आएको छ । कम्पनीले फोटोनका टुनलेन्ड, भ्यू सीटु भ्यान र विद्युतीय माइक्रो बिक्री गर्दै आएको छ। एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोनका १५ सिटे विद्युतीय माइक्रो छ ।
एक पटकको फुल चार्जमा २३५ किलोमिटरसम्म गुड्ने यी ईभी गाडीमा ५०.२३ किलोवाट आवरको ब्याट्री रहेको छ। फास्ट चार्जरबाट डेढ घण्टामा फुल चार्ज हुन सक्छ।
गाडीमा मोटर ८५ किलोवाट र टर्क २९० एनएम जेनेरेट गर्छ। गाडीको मूल्य ५६ लाख ५० हजार रुपैयाँ छ। फोटोनको कार्गो इभी भ्यानको ४७ लाख रुपैयाँ तोकिएको छ।
पछिल्लो समय बिवाईडी, विलिङ लगायतले पनि बिद्युतीय माइक्रो बस भित्र्याउन लागि परिरहेका छन् ।