यी तीन व्यवसायीक घरानाले बेच्छन धेरै अटो, कुन ब्रान्ड कस्को पक्कडमा ?

Mar 25, 2024 02:05 PM Merolagani

नेपाली अटोमोबाइल क्षेत्रमा तीन व्यवसायीक घरानाले धेरै ब्रान्ड होल्ड गरेर राखेका छन् । खासगरी एमएडब्ल्यू, विशाल ग्रुप र चौधरी ग्रुपले धेरै वटा अटो ब्रान्ड आफ्नो पक्कडमा राखेका छन् । पछिल्लो समय विश्व बजार विद्युतीय गाडीमा आक्रमक बनिरहदा चौधरी ग्रुप अधिकांश विद्युतीय गाडी ल्याउँदै छ ।

एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, विशाल ग्रुपका निर्देशक निकुन्ज अग्रवाल र चौधरी समुहका निर्देशक निर्वाण चौधरी र करण चौधरीले अटोमोबाइल हेरिरहेका छन् ।

एमएडब्ल्यु समुह 

एमएडब्ल्युले हेभि इक्युपमेन्टदेखि चर्चित प्यासेन्जर गाडीसम्म बिक्री गर्दै आएको छ । एमएडब्ल्यूले दुईपांग्रे यामाहा र हेभीइक्युपमेन्टमा जेसीबी र चारपांग्रेमा जिप, स्कोडा र पछिल्लो समय चर्चित ब्रान्डको रुपमा स्थापित सेरेस बिक्री गर्दै आएको छ ।

त्यस्तै एमएडब्ल्यूले नामी विद्यूतीय गाडी पनि नेपाल भित्र्याउने तयारी गरिरहेको छ । चांगन र फोटोन ब्रान्ड पनि एमएडब्ल्युको पक्कडमा छ । प्रिमियम ब्रान्डको रुपमा एमएडब्ल्यू ग्रुपको जिप नेपालमा लोकप्रिय छ। लाइफ अटोमोबाइल्स प्रालि आधिकारिक बिक्रेता रहेको ब्रान्डमा जिप कम्पास र र्याङ्गलर, स्कोडा, आइच गाडी नेपालमा लोकप्रिय गाडी हुन्।

 

बिशाल समुह

बिशाल समुह अन्य क्षेत्रमा पनि राम्रो पक्कड बनाए पनि पछिल्लो समय अटोमोबाइलस क्षेत्रमा पनि आक्रामक बनिरहेको छ । विशाल ग्रुप अन्तर्गतको प्यारामाउन्ट मोटर्सलले दुईपांग्रेमा सुजुकी बाइक तथा स्कुटर, चारपांग्रेमा फक्सवागन, एमजी, म्याक्सस, माज्दा र रेनो बिक्री गर्दै आएको छ । चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता समेत विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स हो।

कम्पनीका हावेल एच ६, हावेल जोलायन, जीडब्ल्यूएम पिकअप बिक्री गरिरहेको छ। ग्रेटवालको भिन्टेज लुक्सको ओरा ३ पनि विशाल ग्रुपले भित्र्याएको छ।

अटोमोबाइल व्यवसायमा आक्रामक चौधरी ग्रुप


चौधरी समुह अन्तरगतकाे सिजी मोटोकर्पले मारुती सुजुकीका चारपांग्रे गाडी बिक्री गर्दै आएको छ । जुन हालका नाडा अटोमोबाइल एसोसियसनका अध्यक्ष करण चौधरीले हेर्दै आएका छन । अटो व्यवसायीमा विनोद चौधरीका छोरा निर्वाणको प्रवेशसँगै चौधरी ग्रुपले धमाधम विद्युतीय ब्रान्ड भित्र्याइरहेको छ ।

चौधरी समुहले नेटाभि, एवोन विद्युतीय गाडी बिक्री गर्दै आएको छ । त्यस्तै गत केहि महिन अगाडी चिनियाँ इभी ब्रान्ड स्मार्टको पनि आधिकारीक वितरकको जिम्मेवारी पाइसकेको छ । त्यस्तै कमर्शियल तर्फ केवाईसी, किङलङका गाडी बिक्री हुँदै आएका छन्।

गत महिना मात्रै ज्योती समुहबाट हिरो ब्रान्डको आधिकारीक वितरक खोसेको छ । हाल हिरो दुइपाँग्रे ब्रान्ड पनि बिक्री गर्दै आएको छ । 

त्यस्तै पछिल्लो पटक सीजी मोटर्सले दुई प्रिमियम ब्रान्डका विद्युतीय सवारी नेपाल ल्याउन सम्झौता गरेको छ। कम्पनीले चिनियाँ सवारी उत्पादक समूह झेजियाङ जिली होल्डिङ ग्रुपको स्वामित्वमा रहेका एक्सपाङ र लोटस कार ल्याउने भएको छ । 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।