८ महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ९८ अर्ब माथि, कुनको कति ?

Mar 25, 2024 08:09 PM MeroLagani



जीवन बीमा कम्पनीहरुले आठ महिनाको अवधिमा साढे ९८ अर्ब भन्दा माथि कुल बीमाशुल्क उठाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले आठ महिनामा बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिएको छ।

बीमा बजारमा सबैभन्दा धेरै बजार हिस्सा भएको नेपाल लाइफ एक्लैले २६ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । एलआईसी नेपालले ११ अर्ब ५७ करोड रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गुराँस, प्राइम र युनियन मर्जरपछि बनेको हिमालयन लाइफले यस अवधिसम्ममा ११ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क उठाएको तथ्यांकमा छ ।

त्यसैगरी मर्जरमै गएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको भने ५ अर्ब ७० करोड बीमा शुल्क उठाएको छ ।

त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीको ५ अर्ब २० करोड रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले ५ अर्ब १८ करोड रुपैयाँ, सानिमा रिलायन्स इन्स्योरेन्सले ३ अर्ब ८० करोड रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

मेट लाइफले ३ अर्ब ६३ करोड रुपैयाँ, आईएमइ लाइफले २ अर्ब ८२ करोड रुपैयाँ, प्रभु महालक्ष्मीले २ अर्ब ७१ करोड रुपैयाँ, रिलायवल नेपाल लाइफले २ अर्ब ६३ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

पछिल्लो समय प्रिमियममा आइपीओ निकालेका चार बीमा कम्पनीमध्ये सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले र सबैभन्दा कम सन नेपाल लाइफले बीमा शुल्क संकलन गरेको देखिएको छ ।
चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमा लेखहरुको आधारमा भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सक्रिय बीमा लेख संख्या रहेको छ भने सबैभन्दा कम सक्रिय बीमा लेख भने प्रभु महालक्ष्मी लाइफको रहेको छ ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।