भाषण गर्दा गर्दै ढलेका गौतमको निधन

Oct 30, 2025 02:23 PM merolagani



भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा धर्ना कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । 

सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवादमा उद्योगमा लाइन काटेको विरोधमा बिहीबार उनीसहित भैरहवाका उद्योगीहरुले प्राधिकरणविरुद्ध धर्ना कार्यक्रममा भाषण गरिरहेका थिए । त्यहाँ उनी भाषण गर्दै गर्दा अचानक ढल्न पुगे ।

६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

उनी बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र श्रीमती रहेका छन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।