धनगढी उप-महानगरपालिकाका मेयरकी छोरी सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

Mar 26, 2024 04:30 PM Merolagani

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहिन भएकी छिन् । मंगलबार दिउँसो सामाजिक संजालमा एक स्टाटस लेख्दै मेयर हमालले छोरीको खोजी गरिदिन आग्रह गरेका छन् ।

मेयर हमालकी छाेरी आरती ओशो साधक भएकाे र ध्यान गर्न गोवामा बस्दै आएकी उनले जानकारी दिएका छन् । साेहि क्रममा हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्क बिहिन भएको उनले लेखेका छन् ।

हमाल लेख्छन्, "मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन् । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।"

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।