माइक्राेसफ्ट विन्डोज र सर्फेस बीच पुनः मर्जर, भारतका पवन दाभुलुरीले नेतृत्व गर्ने

Mar 27, 2024 03:20 PM Merolagani



माइक्रोसफ्टले एकपटक फेरि विन्डोज र सर्फेस टोलीलाई आन्तरिक रूपमा मर्ज गरेको छ। अब भारतस्थित आईआईटी मद्रासका पूर्व छात्र पवन दाभुलुरीलाई यसको नेतृत्व गर्ने भएका छन्।

माइक्रोसफ्टसँग सम्बन्धित सूचना दिने विन्डोज सेन्ट्रल नामक संचारमाध्यमले दाभुलुरीकाे नियुक्तको विषयमा जानकारी दिएको हो । विन्डोज सेन्ट्रलका अनुसार दुवै टोली केही समयका लागि छुट्टिएका थिए ।

विन्डोज र सर्फेस टोलीहरूको पुनः एकीकरण माइक्रोसफ्टको इन्जिनियरिङ र डिभाइस संगठन भित्र एक परिचित संरचनामा फिर्ता हुनुकाे संकेत हाे जसको नेतृत्व राजेश झाले गरिरहेका थिए।

यसअघि माइक्रोसफ्टको हार्डवेयरसँग सम्बन्धीत कामहरूको निगरानी गर्ने पवन दाभुलुरीले अब भने विन्डोज इन्जिनियरिङको पनि नेतृत्व गर्नेछन्। यो परिवर्तन गत सेप्टेम्बरमा पूर्व विन्डोज र सरफेस प्रमुख पानोस पानायको गए पछि भएकाे हाे । जसको भूमिका प्रभावकारी रूपमा दाभुलुरी र मिखाइल पारखिन बीच विभाजित थियो।

पारखिनले माइक्रोसफ्टमा वेब र विज्ञापनको सीईओको रूपमा आफ्नो विद्यमान जिम्मेवारीहरूसँगै बिंग, एज, र काेपाइलट जस्ता उत्पादनहरूको निरीक्षण गर्दै विन्डोजको नेतृत्व लिएका थिए । यद्यपि, माइक्रोसफ्ट भित्र हालैका घटनाक्रमहरूमा डीपमाइन्डका सह-संस्थापक मुस्तफा सुलेमान नयाँ एआई डिभिजनको सीईओको रूपमा नियुक्ति भएकाे पनि समावेश छ। विन्डोज अहिले राजेश झाको नेतृत्वमा पुनर्गठन गरिएको हाे।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।