नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

Nov 04, 2026 08:04 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रताप सुवेदी नियुक्त भएका छन्।

नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गरेको हो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले उक्त नियुक्तिसम्बन्धी खबरको पुष्टि गरे।

नेप्सेको सीईओ पदका लागि चार जना प्रतिस्पर्धी रहेका थिए। प्रतिस्पर्धामा प्रताप सुवेदी, नवराज सापकोटा, नारायण सापकोटा र अर्का एक उम्मेदवार अनिल राज पौडेल सहभागी थिए। ती प्रतिस्पर्धीमध्ये सुवेदीलाई सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।