लोडसेडिङको समस्या टर्‍यो, भारतले बिजुली आयातको अनुमति दियो, तर तीन महिनाको लागि मात्रै

Mar 28, 2024 02:49 PM merolagani



निक्कै दिनदेखि लोडसेडिङ हुने हल्ला चलिरहेको थियो। भारतले बिजुली नदिए लोडसेडिङ रोक्न नसकिने तर्क हुँदै आएको थियो। तर उक्त समस्या तत्कालको लागि टरेको छ। भारतले तीन महिनाको लागि बिजुली दिने भएको छ।

भारतले आउने जुनसम्मको लागि बिजुली आयात गर्ने अनुमति नवीकरण गरिदिएको छ। जसले सम्भावित लोडसेडिङ टरेको हो। ऊर्जा मन्त्रालयका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो। अनुमति अनुसार नेपालले प्रतिस्पर्धी मूल्यमा बिजुली किन्न पाउने छ।

बिजुली किन्न  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्नु पर्छ। त्यसका लागि किन्नु भन्दा एक दिन अघि नै मूल्य र परिमाण दिनु पर्छ। यो बजारमा सहभागी हुन नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो। उक्त अनुमति पाँच वर्षको छ। तर हरेक वर्ष नवीकरण गर्नु पर्ने सर्त छन्। जस अनुसार हरेक आर्थिक वर्षको लागि नेपालले नवीकरण गर्दै आएको थियो। तर यस पटक भने उसले तीन महिनाको लागि मात्रै नवीकरण गरिदिएको हो। जुन सर्त अनुसार हुन सकेन।  यस वर्ष भने भारतले त्यहाँ निर्वाचन हुन लागेको भन्दै नवीकरण गर्न ढिलाइ गरेको थियो। जसका कारण आउने दिनमा लोडसेडिङ हुने हल्ला चलेको थियो।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।