आठौं कारोबार दिन सर्वोत्तम सिमेन्टको शेयर बिक्रीमा चाप

Mar 31, 2024 11:19 AM Merolagani




बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्ट(SARBTM)को दोस्रो बजारमा कारोबारमा आएदेखि आज पहिलो दिन बिक्री चाप देखिएको छ । सर्वोत्तम सिमेन्ट कारोबारमा आएको आठौं दिनमा शेयर बिक्री चाप देखिएको हो ।

सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको थियो । आइतबारको बजार खुलेको १५ मिनेट भित्रमा नै ६.५३ प्रतिशतले शेयर मूल्य घटेकोहो । यस समाचार तयार पार्दाको अवधिसम्ममा कम्पनीको शेयर एक हजार १२ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । सिमेन्टको शेयरले निरन्तर सातौ कारोबार दिनसम्म सर्किटमै कारोबार भएर आठौं कारोबार दिन घटेको हो ।

आतबारको बजारमा करिब १५ मिनेटको कारोबारमा कम्पनीको एक लाख कित्ता शेयर ९ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।