भारतीय शेयर बजार नयाँ उच्च विन्दुमा

Apr 01, 2024 01:10 PM Merolagani



अप्रिल १मा भारतीय शेयर बजार नयाँ उच्च विन्दुमा पुगेकाे छ । साेमबार कारोबारको क्रममा, सेन्सेक्सले ७४,२५४ विन्दु र निफ्टीले २२,५२९ को स्तर छोएकाे थियाे।

हाल, सेन्सेक्स ५०० अंक भन्दा बढीले बढेर ७४,२०० विन्दुमा कारोबार गरिरहेको छ। यससँगै निफ्टी पनि १५० अंकभन्दा बढीको वृद्धि भई २२,५०० को स्तरमा कारोबार भइरहेको छ ।

सेन्सेक्सका ३० वटा स्टकमध्ये २८ वटा बढेको छ भने २ वटा मात्रै घटेको छ । आज मेटल, बैंकिङ र आईटी सेयरमा धेरै वृद्धि भएको छ। जेएसडब्ल्यू र टाटा स्टिलको शेयरमा ३ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

मार्च २८ गते बजार बढेको थियो

यसअघि मार्च २८ मा शेयर बजारमा उछाल देखिएको थियो । सेन्सेक्स ६५५ अंकले बढेर ७३,६५१ मा बन्द भएकाे थियाे। योसँगै निफ्टीमा २०३ अंकको वृद्धि भई २२,३२६ को विन्दुमा पुगेकाे थियाे।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।