भारतीय शेयर बजार नयाँ उच्च विन्दुमा

Apr 01, 2024 01:10 PM Merolagani



अप्रिल १मा भारतीय शेयर बजार नयाँ उच्च विन्दुमा पुगेकाे छ । साेमबार कारोबारको क्रममा, सेन्सेक्सले ७४,२५४ विन्दु र निफ्टीले २२,५२९ को स्तर छोएकाे थियाे।

हाल, सेन्सेक्स ५०० अंक भन्दा बढीले बढेर ७४,२०० विन्दुमा कारोबार गरिरहेको छ। यससँगै निफ्टी पनि १५० अंकभन्दा बढीको वृद्धि भई २२,५०० को स्तरमा कारोबार भइरहेको छ ।

सेन्सेक्सका ३० वटा स्टकमध्ये २८ वटा बढेको छ भने २ वटा मात्रै घटेको छ । आज मेटल, बैंकिङ र आईटी सेयरमा धेरै वृद्धि भएको छ। जेएसडब्ल्यू र टाटा स्टिलको शेयरमा ३ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

मार्च २८ गते बजार बढेको थियो

यसअघि मार्च २८ मा शेयर बजारमा उछाल देखिएको थियो । सेन्सेक्स ६५५ अंकले बढेर ७३,६५१ मा बन्द भएकाे थियाे। योसँगै निफ्टीमा २०३ अंकको वृद्धि भई २२,३२६ को विन्दुमा पुगेकाे थियाे।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।