सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो

Apr 02, 2024 10:52 AM Merolagani



बढ्दो क्रममा रहेको सुनको भाउ मंगलबार घटेको छ। मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार छापावाला सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।