सुनको भाउ घट्यो, चाँदीको भने बढ्यो

Apr 02, 2024 10:52 AM Merolagani



बढ्दो क्रममा रहेको सुनको भाउ मंगलबार घटेको छ। मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार छापावाला सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।