नयाँ व्यवस्थाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा बासिन्दा प्राकृतिक व्यक्तिको लागि करको दर ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ भने ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा पाँच प्रतिशत लाभ कर कायम गरिएको छ।
यसअघि अल्पकालीन र दीर्घकालीन लगानीकर्ताहरूका लागि पुँजीगत लाभ करको दर भिन्न र केही बढी रहेको थियो। सरकारको यो निर्णयले विशेष गरी शेयर बजारमा सक्रिय लगानीकर्ताहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अर्थ मन्त्रालयका अनुसार यो निर्णय आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर मन्त्रिपरिषद्बाट भएको हो।