नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक अफरहरू

Apr 02, 2024 01:11 PM Merolagani

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल-नयाँ नोट” नामक विशेष अफर लिएर आएको छ जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३,४९९ रूपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य ५,६९९ रूपैयाँ हो । त्यसैगरी, रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने “हामी आफ्ना ग्राहकवर्गका लागि नयाँ वर्षको अवसर पारेर नयाँ अफरहरु ल्याउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । हामीलाई आशा छ यी अफरहरुले हाम्रा ग्राहकहरुलाई रेड्मी नोट सिरिजका स्मार्टफोन खरिद गर्न प्रेरित गर्नेछ।”

रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६ जिबि र्याम + १२८ जिबी स्टोरेज र ८ जिबि र्याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत १९ गतेबाट सुरु हुने यो अफरको फाईदा उठाउनका लागि ग्राहकहरुले वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध छ ।

मूल्य तथा उपलब्धताः

रेड्मी नोट १३ः

मूल्यः रु २४,९९९ (६/१२८ जिबि), रु २७,९९९ (८/२५६ जिबि)
मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू

रेड्मी नोट १३ प्रोः

मूल्यः रु ३४,९९९ (८/२५६ जिबि), रु ३९,९९९ (१२/५१२ जिबि)
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

रेड्मी नोट १३ प्रो प्लस ५ जि ः

मूल्यः रु ४७,९९९ (८/२५६ जिबि), रु ५२,९९९ (१२/५१२ जिबि)
मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल

विशेष अफरः

रेड्मी नोट १३ सिरिजका कुनै पनि स्मार्टफोनको खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशूल्क प्राप्त गर्न सक्नेछन् । साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जिको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३,४९९ रूपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य ५,६९९ रूपैयाँ हो ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।