शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

Sep 14, 2026 10:46 AM Merolagani



शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।