माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव, बाेनस र लाभांश कति ?

Sep 11, 2026 05:43 PM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा तथा सेयर प्रिमियम खातामा उपलब्ध रकमबाट सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ। जस अनुसार साधारण सेयरधनीहरूका लागि ३.०० प्रतिशत बोनस सेयर र ३.०० प्रतिशत नगद लाभांश गरी कुल ६.०० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ। यसमध्ये ३.०० प्रतिशत बोनस सेयरबापत ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ र ३.०० प्रतिशत नगद लाभांशबापत ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ बराबरको रकम छुट्ट्याइएको छ। नगद लाभांशमा बोनस सेयर र नगद लाभांशको कर समेत समावेश छ।

त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीहरूका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ०४१ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ। बैंकले यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका निकायहरूलाई गराइसकेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।