सर्वोत्तम सिमेन्टले १५ % नगद लाभांशको प्रस्ताव सहित बाेलायाे साधारण सभा

Apr 02, 2024 07:26 PM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड(SARBTM)ले नगद लाभांश वितरणकाे प्रस्ताव सहित साधारण सभा बाेलाएको छ। कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको चैत २० गते, ४ बजे बसेको २१० औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे ।

उक्त सभाले शेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव समेत पारित गर्ने निर्णय गर्नेछ । साधारण सभा २०८१ वैशाख १२ गते, बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जनाएकाे छ ।

सभामा शेयरधनीहरुलाई कम्पनीकाे आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश पारित गरिने भएकाे हाे ।

पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको बुकक्लोज गरिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत २९ गतेसम्म शेयर कारोबार भई शेयर खरिद गरी आफ्नाे नाममा शेयर नामसारी गराएका शेयरधनीहरूलेउक्त सभामा भाग लिन र लाभांश समेत पाउनेछन् । 

उक्त सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्ती समेत गर्ने भएकाे छ ।

यसकासाथै बैठकले सभामार्फत आर्थिक वर्ष २०७२/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरिने छ । 

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।