संसदमा बाेल्ने भए बालेन

May 26, 2026 05:32 PM Merolagani



सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा आउने जानकारी गराएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक साताभित्र आउने जानकारी गराएका हुन् ।

'सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै आउने कुरा सदनलाई जानकारी गराउन चाहन्छु,' उनले भने । विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदनमा विरोध गर्दै आएको छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।